शनिबार, भदौ १३, २०८३

दाउराले हानेर भाउजूको हत्या, २३ दिनपछि देवर पक्राउ

भाउजूको हत्या गरेर फरार भएको अभियोगमा २३ दिनपछि एक ब्यक्ति पक्राउ परेका छन् । 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

लमजुङ- भाउजूको हत्या गरेर फरार भएको अभियोगमा २३ दिनपछि एक ब्यक्ति पक्राउ परेका छन् । 

क्व्होलासोंथर गाउँपालिका ९ गिलुङकी ५९ वर्षीया बिमाया भन्ने वुद्धिमाया विकलाई हत्या गरेको आरोपमा देवर नाता पर्ने गिलुङका ५७ वर्षीय बिलबहादुर विकलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका बिलबहादुरले भदौ २० गते राति करिब ९ बजे भाउजू (वुद्धिमाया) लाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार जग्गासम्बन्धी विवादमा एकल महिला वुद्धिमायालाई बिलबहादुरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिलबहादुरलाई सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Sep 29, 2020| 01:54 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।