शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रद्द भयो पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान 

रद्द भयो पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान 

पुरस्कारको घोषणा गरेको ४८ घण्टामै यो वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौँ- घोषणा गरेको ४८ घण्टामै यो वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । 

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विवाद उत्पन्न भएपछि विज्ञप्ति निकालेर आज पुरस्कार रद्द भएको जनाएको छ ।

सम्मानित र पुरस्कृत दुवैले पुरस्कार अस्वीकार गर्ने बताएपछि प्रतिष्ठानको सोमबार बसेको आकस्मिक बैठकले पुरस्कार रद्द गर्ने निर्णय गरेको अध्यक्ष जीवा लामिछानेले जनाएका छन् । 

प्रतिष्ठानका अध्यक्ष लामिछानेले विज्ञप्ति निकालेर भनेका छन्–  ‘यो वर्ष पुरस्कार घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा सोमबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।’

प्रतिष्ठानले सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तकहरुसँग माफिसमेत मागेको छ । 

प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि प्रदान गर्दैआएको पद्मश्री साहित्य पुरस्कार र २०६७ सालदेखि नियमित रूपमा प्रदान गर्दै आएको छ ।

यो वर्ष पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने घोषणा गरेको थियो ।

त्यसपछि उप्रेतीले यौन उत्पीडनको आरोप लागेका प्रश्रितसँग एउटै मञ्चमा बसेर पुरस्कार नलिने बताएका थिए । त्यसपछि प्रश्रितले पनि विवादमा ल्याउन खोजिएको भन्दै तत्कालका लागि पुरस्कार नलिने बताएका थिए ।

प्रकाशित: Sep 29, 2020| 01:25 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।