शनिबार, भदौ १३, २०८३

डा‍. केसीको माग अविलम्ब पूरा गर्न माग

नागरिक समाजका प्रतिनिधिहरुले डा. गोविन्द केसीसँग विगतमा गरेका सम्झौता इमानदारिताका साथ पालना गरी उनको अनशन अन्त्यको वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

पोखरा- नागरिक समाजका प्रतिनिधिहरुले डा. गोविन्द केसीसँग विगतमा गरेका सम्झौता इमानदारिताका साथ पालना गरी उनको अनशन अन्त्यको वातावरण बनाउन नेपाल सरकारसँग माग गरेका छन्।

सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ बुँदे ज्ञापनपत्र पठाउँदै डा. केसीका माग अविलम्ब पुरा गराउन माग गरेको सयुक्त देशभक्त मोर्चाका अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए।

‘डा. केसीको नाजुक स्वास्थ्य स्थितिप्रति केही स्वार्थी तत्व बाहेक सवै नेपाली जनता चिन्तित छन्, त्यस चिन्तामा हाम्रो एक्यबद्धता छ,’ उनले भने, ‘सरकारले उहाँसँग गरेका सम्झौता तथा समझदारीहरु इमान्दारीका साथ पालना नगरेको कारण १९औं पटक अनसन बस्नु परेको हो।’ 

ज्ञापनपत्रमा जनता र मुलुकको सर्वोत्तम हितका लागि जीवन अर्पण गरेका एउटा सत्याग्रहीसँग सरकारले पटक–पटक गरेका सम्झौता पूरा नगरेर जालझेल गरिनु लज्जितको विषय भएको उल्लेख छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूसमक्ष हाम्रो नम्र निवेदन यो रहेको छ कि डा. केसीसँग भएका विगतका सम्झौता इमानदारिताका साथ पालना गरियोस्। डा. केसीका माग अविलम्ब पूरा गरी उहाँको अनसन अन्त्य गर्ने परिस्थिति सरकारले सिर्जना गरियोस्।’

नागरिक समाज कास्की संयोजक इन्द्रकमल मानन्धर, सिटिजन्स् जुरीका अध्यक्ष वरिष्ठ अधिवक्ता तिलक पराजुली, संयुक्त देशभक्त मोर्चाका रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारी र स्वयमंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालका अध्यक्ष शशि तुलाचनले सयुक्त रुपपा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएका हुन्।

प्रकाशित: Sep 28, 2020| 14:25 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।