शनिबार, भदौ १३, २०८३

सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदारमाथि कारबाही सुरु

सरकारले ठेक्का सम्झौतामा तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनी (ठेकेदार) माथि कारबाही  सुरु गरेकाे  छ। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– सरकारले ठेक्का सम्झौतामा तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनी (ठेकेदार) माथि कारबाही  सुरु गरेकाे  छ। 

सडक विभागले गत असार मसान्तमा अवधि सकिए पनि निर्माण नै अघि नबढाएका वा सो अवधिमा सम्पन्न नगरेका निर्माण कम्पनीलाई कारबाही अघि बढाएको हो। 

डिभिजन सडक कार्यालय हेटौंडा, लहान, काठमाडौ‌‌ उपत्यका सडक विस्तार आयोजनालगायतका विभाग अन्तर्गतका कार्यालयले सूचना प्रकाशित गरिरहेका छन्। 

कतिपय एक वर्षीय त कतिपय बहुवर्षीय ठेक्का समयमा सम्पन्न नभएकाले कालोसूचीमा निकालिएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए।

 विभागअन्तर्गत ३४ डिभिजन र विभिन्न आयोजना गरी झन्डै एक सय कार्यालय छन्। यी सबैले अवधि सकिएका व्यवसायीलाई कारबही अघि बढाइरहेका छन्। 

उनले भने, ‘कतिपयले स्पष्टीकरण सोधेका छन् भने कतिले कालोसूचीमा नै निकालिसकेका छन्।’

गत वर्ष फागुनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का अवधि सकिएका विभिन्न निर्माण कम्पनीलाई अन्तिम पटक एक वर्ष अवधि थप्ने निर्णय गरेको थियो। 

सो निर्णयका आधारमा कम्पनीले काम अघि बढाएर विभागमा जानकारी गराउनुपर्ने भनिएको थियो। तीमध्ये कतिपय कम्पनीले बीचमा काम पनि अघि नबढाएको र विभागलाई जानकारी पनि नगराएको महानिर्देशक शर्माले जानकारी दिए।

उनले भने, ‘लामो समयदेखि रोकिएका ठेक्कामा एक वर्ष अवधि दिँदा पनि काम नगरेको पाइएकाले ती कम्पनीलाई पनि कारबाही अघि बढाइएको छ।’

विभागअन्तर्गका कार्यालयले अहिले सूचना निकालेका एक वर्षीय ठेक्का बढी छन्। केही बहुवर्षीय ठेक्का पनि तोकिएको अवधिमा सम्पन्न नभएकोमा कारवाहीमा जान लागिएको विभागले जनाएको छ। 

ठेक्का सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई कारबाही गर्नु विभागको नियमित काममा पर्ने महानिर्देशक शर्माले बताए। उनले भने, ‘यसमा सक्रियता बढी घटी हुनसक्छ तर हामीले यसलाई नियमित गर्दै आएका छौं।’

काठमाडाै‌ं उपत्यका सडक विस्तार आयोजनाले विस्तारका क्रममा रहेको चावहिलबाट जोरपाटी हुँदै साँखु सडक र ढोलाहिटिबाट सुनाकोठी हुँदै चापागाउँ सडकमा कार्यरत निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाएको छ। 

निर्माण सुरु भएको पाँच वर्षमा पनि सडक सम्पन्न हुन सकेको छैन। 

चाबहिल–साँखु सडकमा काम गरिरहेको युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालि र चापागाउँ सडकमा दिवा शैलुङ जेभीले समयमा काम नगरेको भन्दै कारबाहीका लागि प्रक्रिया अघि बढाइएको हो। 

यी कम्पनीले सम्झौताअनुसार प्रगति गरेका थिएनन् भने गत आवमा कोभिड–१९ को कारण देखाएर समय थप्न अनुरोध गरेका थिए। थप भएको अवधिमा समेत निर्माण सम्पन्न गर्नेतर्फ चासो नदेखाएको उल्लेख छ। आयोजनाले कालोसूचीमा राख्न नपर्ने कारण भएमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ। 

त्यस्तै, डिभिजन सडक कार्यालय हेटौंडाले २१ कम्पनीसँग गरिएको सम्झौता तोडेको छ। सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा २९क० र ७ बमोजिम ठेक्का तोडेर सोही ऐनको दफा ८ बमोजिम बैंक धरौटीसमेत जमानत जफत गरेको छ। डिभिजनले बाँकी कामको रकम सरकारी बाँकी रह असुल उपर गर्दै कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो। 

डिभिजनले कारबाही अघि बढाएका कम्पनीमा आसिया, अभय, जीपीबी, सौरब कन्सट्रक्सन र शिव निर्माण सेवा छन्। 

त्यस्तै, सरस्वती निर्माण सेवा, सोनु कन्सट्रक्सन, निर्माण सेवा, हेटौंडा कन्सट्रक्सन, नन्दनी कन्सट्रक्सन, नवयुग निर्माण सेवा, जनजागृति कन्सट्रक्सन, सरस्वती कन्सट्रक्सन, बी ब्रदर्श निर्माण सेवा, विनायक कन्सट्रक्सन, विशाल कन्सट्रक्सन, दामुचन्द्रमाला कन्सट्रक्सन, आर यस निर्माण सेवालाई पनि कारबहीको सूचना प्रकाशित गरिएको छ। 

सडक डिभिजन लहानले १२ कम्पनीलाई पनि सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाएको छ। यी कम्पनीले शर्तअनुसार प्रगति नगरेको र समयमै काम सम्पन्न गर्नेतर्फ चासो नदेखाएको र कार्यालयसँग सम्पर्कमा समेत नआएको बताइएको छ। यी कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भएमा एक साताभित्र कार्यालयको सम्पर्कमा आउन भनिएको छ।

बज्रगुरु कन्सट्रक्सन प्रालिका दुई  बज्रगुरु विकास जेभी, स्काइलाइन कन्सट्रसनका दुई, नीलगिरी निर्माण सेवाको दुई, याकथुम्ह्याङ बीपी कन्सट्रक्सन जेभिका दुई, प्रकाश आश्रय जेभि, रोशन कन्सट्रक्सन प्रालि र जोशी कन्सट्रसनका ठेक्कामा ढिलाइ भएको भनी  कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ। -रासस

 

प्रकाशित: Sep 28, 2020| 13:25 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।