सुर्खेत- सुर्खेतस्थित महेश्वरी बाहिनीमा कार्यरत १९ जना प्रहरीसहित कर्णाली प्रदेशमा आज ३३ जनामा कोरोना पुष्टि भएको छ।
संक्रमितमध्ये सुर्खेतका २० जना, जाजरकोटका ३ जना, दैलेख र जुम्लामा २–२ जना, कालिकोटका १ जना र अन्य प्रदेशका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
योसँगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या ३ हजार ४४२ पुगेको छ। यस्तै आजै प्रदेशका विभिन्न अस्पताल र आइसोलेसनबाट १५ जना डिस्चार्ज भएका छन्।
योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार ८४२ पुगेको छ।