शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चले भन्यो- ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्नू

सर्वोच्चले भन्यो- ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्नू

सर्वोच्च अदालतले ओबीसीआई लिमिटेड प्रालि (ओम्नी) लाई कालोसूचीमा राख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं- सर्वोच्च अदालतले ओबीसीआई लिमिटेड प्रालि (ओम्नी) लाई कालोसूचीमा राख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले स्वास्थ्य सामग्री खरिदमा अनियमितता र विवादमा तानिएको ओम्नीकै पक्षमा हुने गरेर आदेश जारी गरेको हो।

सरकारले २८ भदौमा ओम्नीलाई सरकारले कालोसूचीमा राख्ने निर्णय गरेको थियो। सरकारको निर्णयविरुद्व सञ्चालक पारस केसीले ९ असोजमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको ओम्नीले समयमा आवश्यक सामग्री उपलब्ध नगराएको र कमसल सामग्री उपलब्ध गराएको भन्दै यसअघि ठेक्का नै रद्द गरिएको थियो। 

सरकारको निर्णय गैरकानुनी भएको भन्दै ओम्नी सर्वोच्चमा पुगेको हो। उसलाई एक वर्षसम्म ठेक्कापट्टामा सहभागी हुन पनि रोक लगाउने निर्णय भएको थियो। 
 

प्रकाशित: Sep 28, 2020| 12:55 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।