शनिबार, भदौ १३, २०८३

धनगढीमा थप एक संक्रमित महिलाको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

धनगढी उप-महानगरपालिका-१ की ६३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

श्वासप्रश्वासमा समस्या भएपछि असोज ७ गते उनी अस्पताल भर्ना भएकी थिइन्। 

असोज १० गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको आईसीयूमा उपचार भइरहेको श्रेष्ठले बताए।

जटिल अवस्थामा रहेकी उनमा दमखोकीलगायत फोक्सोको समस्या रहेको अस्पतालले जनाएको छ।

योसँगै धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको मृतकको संख्या तीन पुगेको छ।

प्रकाशित: Sep 28, 2020| 11:12 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।