शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा ६७५ को पीसीआर गर्दा ७६ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा ६७५ को पीसीआर गर्दा ७६ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

धनगढी- सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशका चार वटा प्रयोगशालामा ६७५ जनाको परीक्षण गरिएकोमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २३३ जनाको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कैलालीको धनगढी उप–महानगरपालिकाका १८ जना, जोशीपुर गाउँपालिकाका ६ जना र घोडाघोडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। श्रेष्ठका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ का ७ जना र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का एक जनामा कारोना पुष्टि भएको छ। 

यता, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ८३ जनाको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार अछामको रामारोशन गाउँपालिकाका ७ जना र मंगलसेन नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

उता, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २५३ जनाको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

अस्पतालका कोभिड–१९ परीक्षण प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार छबिसपाथिभेरा गाउँपालिकाका ५ जना, खप्तडछान्ना गाउँपालिकाका ४ जना, बुङ्गल नगरपालिकाका ३ जना, मष्टा गाउँपालिकाका ४ जना, दुर्गाथली गाउँपालिकाका ७ जना, केदारस्यु गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यता, डडेल्धुरा अस्पताल प्रयोगशालामा १०६ जनाको परीक्षणमा सबै नतिजा नेगेटिभ आएको डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले बताए ।

प्रकाशित: Sep 28, 2020| 10:55 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।