शनिबार, भदौ १३, २०८३

७३.१ प्रतिशत संक्रमित कोरोनामुक्त

नेपालमा आजसम्म ७३.१ प्रतिशत कोरोना संक्रमित बिरामी संक्रमण मुक्त भएका छन्। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– नेपालमा आजसम्म ७३.१ प्रतिशत कोरोना संक्रमित बिरामी संक्रमण मुक्त भएका छन्। 
आज एक हजार ३५१ जनमा कोरोना संक्रमण भएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालदयले जनाएको छ। 
आजसम्म संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६४० रहेको छ। यो कुल संक्रमितको ७३.१ प्रतिशत हो। 
अहिलेसम्म प्रदेश १ बाट पाँच हजार २५, प्रदेश २ बाट १३ हजार १७६ र बागमती प्रदेशबाट १५ हजार २१५ जना कोरोनामुक्त भएका छन्। 
यस्तै गण्डकीबाट तीन हजार २८५, प्रदेश ५ बाट आठ हजार ४६७, कर्णालीबाट दुई हजार८५५ र सुदुरपश्चिमबाट ६ हजार ६१६ जना कोरोना मुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ। 
देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ जना रहेको छ भने आजसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ। यो कुल संक्रमितको ०.६५ प्रतिशत हो। 
 

प्रकाशित: Sep 28, 2020| 10:47 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।