शनिबार, भदौ १३, २०८३

उपत्यकामा आज पनि ८ सयभन्दा बढी संक्रमित थपिए

हिजो आइतबार उपत्यकामा ८०९ जना संक्रमित थपिएका थिए। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज सोमबार ८१७ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन्।

त्यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा ५१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

हिजो आइतबार उपत्यकामा ८०९ जना संक्रमित थपिएका थिए। 

पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४८१ पुगेको छ।

देशभरका आईसीयूमा अहिले २२५ जना संक्रमित छन् भने भेन्टिलेटरमा ३१ जना छन्। 

पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएकोमा १३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी ७४२ जना संक्रमणमुक्त भएका छन्। 

कुल संक्रमित– ७४,७४५
सक्रिय संक्रमित– १९,६२४
आईसीयूमा– २२५
भेन्टिलेटरमा– ३१
क्वारेन्टाइनमा– ६,३१०

प्रकाशित: Sep 28, 2020| 10:45 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।