काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४८१ पुगेको छ।
देशभरका आईसीयूमा अहिले २२५ जना संक्रमित छन् भने भेन्टिलेटरमा ३१ जना छन्।
पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएकोमा १३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी ७४२ जना संक्रमणमुक्त भएका छन्।
कुल संक्रमित– ७४,७४५
सक्रिय संक्रमित– १९,६२४
आईसीयूमा– २२५
भेन्टिलेटरमा– ३१
क्वारेन्टाइनमा– ६,३१०