शनिबार, भदौ १३, २०८३

विराटनगरमा थप एक संक्रमितको मृत्यु 

नोबेल शिक्षण अस्पताल विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

विराटनगर- नोबेल शिक्षण अस्पताल विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

झापाको गौरादह-१ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो १ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए। 

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज ३ गते नोबेल अस्पताल ल्याइएको थियो। पीसीआर परीक्षण गराउँदा मंगलबार कोरोना पुष्टि भएपछि तत्काल अस्पतालकै आइसोलेसनमा भर्ना गरिएको थियो।

आइसोलेसनमै उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको जानकारी दाहालले दिए। मृतकमा मधुमेह, उच्च रक्तचाप र कलेजो सम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ। 

प्रकाशित: Sep 28, 2020| 10:25 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।