पोखरा– गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याल कोरोना संक्रमणमुक्त भएका छन्।
२१ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनको रिपोर्ट तीन सातापछि नेगेटिभ आएको हो। परीक्षणका लागि आइतबार स्वाब संकलन गरिएकोमा रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
डीआईजी अर्याल संक्रमितको ट्रेसिङमा परेका थिए। उनले १८ भदौमा स्वाब दिएका थिए। कोरोना पुष्टि भएपछि उनले होम आइसोलेसनबाटै प्रहरी कमान्ड सम्हालेका थिए।
गण्डकी प्रदेशमा सोमबार दिउँसो १२ बजेसम्म ३७ सय ९५ जनामा कोरोना पुष्टि भएको छ।
तीमध्ये २६ सय ८९ जना संक्रमणमुक्त भएका छन् भने ३३ संक्रमितको मृत्यु भएको छ।
कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६-६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १-१ जना छन्।