शनिबार, भदौ १३, २०८३

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली–दाहाल आज पनि छलफल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। 

नेताहरुले भने छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताउँदै आएका छन्। 

आइतबार दुई अध्यक्षबीच भएको छलफलमा एकदुई दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन हुने बताइएको थियो। 

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच कुरा नमिल्दा आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा यसबारे केही छलफल हुन सकेन। 

यसै विषयमा सहमति जुटाउन अध्यक्षद्वय ओली र दाहालबीच सोमबार छलफल भइरहेको छ। 

पुनर्गठनको मापदण्ड तय गर्ने विषयमा सहमति हुन सकेको छैन। 

२६ भदौमा सम्पन्न भएको नेकपाको स्थायी कमिटी बैठकले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो। 

त्यसयता गत आइतबार र मंगलबार बसेको नेकपाको सचिवालय बैठकले पनि मन्त्रिपरिषद् पुनर्गठनका लागि मापदण्ड बनाउने निर्णय गरेको थियो। 

दुई दिन बसेको सचिवालय बैठकमा मापदण्ड नबनेपछि पुनर्गठनका विषयमा निर्णय गर्ने जिम्मेवारी दुईजना अध्यक्षलाई नै तोकेको थियो।
त्यसयता लगातार ओली–दाहालबीच छलफल भइरहेको छ। तर, ठोस सहमति भने हुन सकेको छैन। 

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीच बालुवाटारमा छलफल जारी रहेको बताए। आइतबार पनि दुईअध्यक्षबीच करिब सवा २ घन्टा लामो छलफल भएको थियो। 

‘पुनर्गठनको मापदण्ड नै बनाउने विषयमा सहमति जुट्न सकेको छैन’, स्रोतले भन्यो, ‘प्रधानमन्त्री सबै मन्त्रीहरु हटाउन नहुने पक्षमा हुनुहुन्छ। अर्का अध्यक्ष दाहालसहितका नेताहरु सबै मन्त्री परिवर्तन गर्नुपर्छ भनिरहेका छन्।’

दुई अध्यक्षबीच केही मन्त्रालय फुटाएर भए पनि सहमति गर्न विषयमा पनि छलफल भइरहेको छ। 
 

प्रकाशित: Sep 28, 2020| 06:53 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।