शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाविरुद्व पौडेल समूहले पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्दै

देउवाविरुद्व पौडेल समूहले पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्दै

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्ने भएको छ। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्ने भएको छ। 

सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरीत गरेका निर्णय सच्च्याउन माग गर्दै पौडेल समूहले विरोधपत्र दर्ता गर्न लागेको हो। 

२७ जना नेताले हस्ताक्षर गरेको विरोधपत्र दिउँसो साढे १ बजे पार्टी कार्यालयमा दर्ता गर्न लागिएको पौडल समूहका केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए।

‘पार्टी विधान र विधि अनुसार चल्नुपर्‍यो भन्ने हाम्रो शुरूदेखिकै माग हो,’ उनले भने, ‘विधान विपरीत एकपछि अर्को निर्णय हुँदै जान थालेपछि विरोधपत्र दर्ता गर्न लागिएको हो।’

पौडेल समूहले सभापति देउवाले गरेका पछिल्ला निर्णयहरु सच्च्याउनुपर्ने माग राख्दै आइरहेको छ। 

शनिबार पौडेल समूहको भेलाले सभापति देउवालाई दबाब दिन विरोधपत्र दर्ता गर्ने निष्कर्ष निकालेको थियो। 

विरोधपत्रमा कृष्णप्रसाद सिटौला समूहलाई पनि सहभागी गराउन पौडेल समूहले प्रयास गरेको थियो। 

तर, सिटौलाले विरोधपत्रमा आफ्नो समूहले हस्ताक्षर नगर्ने बताएपछि आइतबार विरोधपत्र दर्ता गर्ने कार्यक्रम रोकिएको थियो। 

पार्टीका विभिन्न विभाग गठन र विस्तार, क्रियाशील सदस्यता वितरणको काम पार्टीको विधानभन्दा बाहिर गएर सभापतिले गरेको भन्दै पौडेल समूहले पटक–पटक विरोध जनाउँदै आइरहेको छ।
 

प्रकाशित: Sep 28, 2020| 06:13 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।