शनिबार, भदौ १३, २०८३

विराटनरमा निजी स्तरको पीसीआर ल्याब शुरु 

प्रदेश नं १ मा निजी स्तरबाट कोरोना परीक्षणका लागि पीसीआर ल्याव सञ्चालनमा ल्याइएको छ । न्युरो अस्पताल विराटनगरले कोरोना परीक्षणका लागि पीसीआर ल्याव सञ्चालनमा ल्याएको हो । 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

विराटनगर- प्रदेश १ मा निजी स्तरबाट कोरोना परीक्षणका लागि पीसीआर ल्याब सञ्चालनमा ल्याइएको छ। न्यूरो अस्पताल विराटनगरले कोरोना परीक्षणका लागि पीसीआर ल्याव सञ्चालनमा ल्याएको हो। 

दैनिक १ हजार जनासम्मको पीसीआर परीक्षण गर्ने क्षमताको न्यूक्लिक एक्स्ट्रयाक्सन मेसिन जडान गरिएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए। 

सरकारले निजी स्तरबाट कोरोना परिक्षण गर्न अनुमति दिएसँगै न्यूरोले पीसीआर ल्याब सञ्चालनमा ल्याएको हाे। उनले भने, ‘सरकाले निर्धारण गरेको शुल्क लिएर परीक्षण गरिने छ।’

न्यूरो अस्पतालले लक्षण भएका कोरोना संक्रमितको निःशुल्क उपचारसमेत गर्दै आएको छ। अस्पतालले पीसीआर परीक्षणका लागि नमूना दिन सकिने अथवा घरबाटै स्वाब संकलन गर्न सकिने प्रबन्ध मिलाएको डाइरेक्टर भट्टराईले बताए। 

प्रदेश १ मा सरकारी स्तरबाट प्रदेश जनस्वास्थ्य ल्याब, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, मेची अस्पताल र कोटिहोम प्रयोगशाला कनकाईबाट पीसीआर परीक्षण हुँदै आएको छ। 

प्रकाशित: Sep 28, 2020| 05:20 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।