शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा संक्रिय संक्रमित एक हजार बढी, १५ को मृत्यु 

सुदूरपश्चिममा संक्रिय संक्रमित एक हजार बढी, १५ को मृत्यु 

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमित एक हजार १७ पुगेको छ । ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ४९१ रहेको छ । 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमित एक हजार नाघेको छ । 

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमित एक हजार १७ पुगेको छ । ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ४९१ रहेको छ । 

निर्देशनालयका अनुसार डोटीमा १३९, अछाममा १२९, बझाङमा १००, बैतडी ८०, कंचनपुरमा ३५, दार्चुलामा ३२ र डडेल्धुरामा ११ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ । 

दार्चुलामा ४५३ जना कोभिड–१९ पोजेटिभ पुष्टि भएकोमा ४५१ जना निको भैसकेका छन् ।
 
६ हजार बढीले कोभिड–१९ जिते

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार बढी कोभिड–१९ संक्रमित निको भएका छन् । 

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा ७०५१ जनामा कोभिड–१९ पोजेटिभ आएकोमा ६०१९ जना निको भएका छन् ।

प्रदेशमा सबैभन्दा बढी कैलालीमा १८३५ जना निको भएका छन् । डोटीमा ९४७, अछाममा ९२४, कंचनपुरमा ७४१, बाजुरामा ४५१, बझाङमा ४२२, बैतडीमा ३२९, डडेल्धुरामा ३२१ र दार्चुलामा ४९ जनाले कोभिड–१९ जितेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा १५ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोभिड–१९ का १५ जना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म सबैभन्दा बढी कैलालीमा सात जनाको मृत्यु भएको छ । 

कैलालीमा सात जनाको मृत्यु भएको छ । अछाम, बझाङ, बाजुराका दुई÷दुई जनाको मृत्यु भएको छ । बैतडी र डडेल्धुराका एक÷एक जनाको मृत्यु भएको छ ।

प्रकाशित: Sep 28, 2020| 04:29 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।