शनिबार, भदौ १३, २०८३

यी हुन् बेच्न प्रतिबन्ध लागेका विषाक्त स्यानिटाइजर

औषधि व्यवस्था विभागले विषाक्त रसायन मिसाएको पाइएपछि  थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं- औषधि व्यवस्था विभागले विषाक्त रसायन मिसाएको पाइएपछि  थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। 

नमुना संकलन गरी परिक्षण गर्दा तोकेको मापदण्ड अनुसार नभई मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने रसायन मिसाएको पाइए पछि विभागले प्रतिवन्ध लगाएको हो । 

आज एक सूचना जारी गरी हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम इन्स्टान्टका स्यानिटाइजर, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइनरमा प्रतिवन्ध लगाएको हो । 

यी कम्पनीका स्यानिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक लगाउन पनि विभागले निर्देशन दिएको छ । यी कम्पनीको स्यानिटाइजर प्रयोग नगर्न पनि विभागले अपिल गरेको छ । 

कोरोनाको महामारीसँगै जथभावि रुपमा बनाइएका विषाक्त स्यानिटाइजरहरु बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि विभागले अनुगमन थालेको छ । अनुगमनलाई अझै तिब्रता दिने विभागले जनाएको छ । यसअघि पनि विभागले विभिन्न ९ वटा कम्पनीका स्यानिटाइजरमाथि प्रतिबन्ध लगाएको थियो।

प्रकाशित: Sep 28, 2020| 03:35 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।