शनिबार, भदौ १३, २०८३

व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि

आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको उनी आफैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।  
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। 

आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको उनी आफैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।  

संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन् । आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको उनले जानकारी गराएका छन् ।

व्यवसायी ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन्। 

व्यवसायी ढकाल आइएमइ बैंकका संस्थापक र चन्द्रागिरी हिल्सको लगानीकर्ता हुन् । 

यसअघि उद्योगी तथा सांसद विनोद चौधरीलाई पनि कोरोना संक्रमण भएको थियो। उनी संक्रमणमुक्त भइसकेका छन्।

प्रकाशित: Sep 28, 2020| 03:00 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।