शनिबार, भदौ १३, २०८३

अर्धनग्न अवस्थामा भेटियो महिलाको शव

बैतडीको दशरथचन्द नगरपालिका–६ सेरा नजिक एक महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको छ ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–६ सेरा नजिक एक महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको छ ।

चौलानी नदी किनारमा ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शव आइतबार दिउँसो फेला परे पनि अझै सनाखत हुन सकेको छैन् । 

स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शरीरमा घाउ चोट रहेको र करिब एक हप्ता अगाडी मृत्यु भएको हुन सक्ने बताइएको छ ।

हत्या गरेर फालेको हुनसक्ने आशंकामा छानविन सुरु गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
 
शरिरमा रहेको चोट र अर्धनग्न अवस्थामा भेटिएको शवले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

प्रकाशित: Sep 28, 2020| 02:44 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।