ललितपुर- ललितपुरको पुल्चोक, कुपण्डोल, जाउलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ।
ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य अघि बढाएको जनाएको हो।
कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न आजदेखि निषेध गरिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए।
उनले भने, “हामीले फुटपाथमा तरकारी व्यवसाय, निर्माण सामग्री थुपार्न, सवारी साधन पार्क र वर्कसपको काम गर्नसमेत रोक लगाएका छौं।”
महानगरपालिकाका विभिन्न स्थानलाई चरणबद्ध रुपमा व्यवस्थित बनाउँदै लगिने योजनानुरुप सो कार्य अघि बढाइएकौ हाछेथुको भनाइ छ।