शनिबार, भदौ १३, २०८३

३४ वर्षदेखि फरार पक्राउ

आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका लिसंखुपाखर गाँउपालिका–७ का एकजना ३४ वर्षपछि पक्राउ परेका छन्। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

सिन्धुपाल्चोक- आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका लिसंखुपाखर गाँउपालिका–७ का एकजना ३४ वर्षपछि पक्राउ परेका छन्। 
फुर्पा तामाङले २०४३ असोज २० गते दसैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीय जोगलाल तामाङको हत्या गरी फरार भएका थिए।

फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए। हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठहर गरी सजाय तोकेको थियो। सजाय तोकेको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय, चौतारा र प्रहरी चौकी, लामोसाँघुबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। रासस

प्रकाशित: Sep 27, 2020| 16:55 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।