शनिबार, भदौ १३, २०८३

माथिल्लो चमेलियामा पाँच अर्ब १८ करोड लगानी

दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु. पाँच अर्ब १८ करोड लगानी गर्ने भएका छन्।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं- दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु. पाँच अर्ब १८ करोड लगानी गर्ने भएका छन्।

बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आज (आइतबार) आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत रु. सात अर्ब ४० करोड रहेको छ। आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु. पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने रु. २ अर्ब २२ करोड भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ।

आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्ने भएका छन्।

कम्पनीले ८.५ मेगावाट क्षेमताको नौगडगाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७२ भाद्र २ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको थियो।

यस्तै कम्पनीले दोस्रो  आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी आठ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना २०७६ साल कार्तिक १३ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडेको थियो। 

दुवै आयोजनाबाट उत्पादित विद्युत् शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरिया–बलाँच १३२ केभी प्रसारण  लाइनमार्फत विद्युत् प्रवाह गरिरहेको छ। आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिनेछ। आयोजनाबाट वार्षिक रु २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ। रासस
 

प्रकाशित: Sep 27, 2020| 14:43 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।