शनिबार, भदौ १३, २०८३

सडक सेवा शुःल्कको विरोध गर्दै राजमार्ग अवरुद्ध

सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आज (आइतबार) पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन्।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

कञ्चनपुर- सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आज (आइतबार) पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन्।

सडकमा सवारी साधन गुडाएवापत नगरपालिकाले कर लिन थालेपछि त्यसविरुद्ध नेपाली कांग्रेसको अगुवाइमा सवारी धनीहरु आन्दोलनमा उत्रिएका हुन्। सडक अवरुद्ध हुँदा मध्याह्देखि सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। 

नगरपालिकाले सडक सेवा शुल्क कर उठाउनका लागि रु १० लाखमा ठेक्का सम्झौता गरेको छ। नगरपालिकाले दोहरो कर लिन थालेपछि आन्दोलनमा उत्रिनु परेको सवारीधनीहरुको भनाइ छ। ट्रक, ट्याक्टर, अटोरिक्सा, जीपलगायतका सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्न थालेपछि सवारीधनीहरु आन्दोलनमा उत्रिएका हुन्।

ठेकेदारले नगरपालिकाभित्रका सडकमा गुड्ने सवारी र ढुवानीका साधनबाट रु ५० देखि रु. १०० सम्म असुल्न थालेपछि सवारीधनीहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुपरेको बताएका छन्।

नगरपालिकाले सवारी साधनबाट शुल्क असुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने व्यवसायी हरिबहादुर गैरालले बताए। उनको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरिएको जनाइएको छ। गत शुक्रबार समेत सवारीधनीहरुले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए।

नगर प्रमुख कर्णबहादुर हमालले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुल्कका लागि ठेक्का सम्झौता गरेको बताए उनले सडक अबरुद्ध गर्दा सर्वसाधारणले दुःख पाउने हुँदा वार्ताबाटै समस्या समाधान गर्न आह्वान गरे। रासस
 

प्रकाशित: Sep 27, 2020| 13:04 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।