शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परीक्षाको लागि पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

परीक्षाको लागि पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीको पीसीआर परीक्षण नगराई उनीहरुलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीको पीसीआर परीक्षण नगराई उनीहरुलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ। 

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले लक्षण नभएका विद्यार्थीको पीसीआर परीक्षण गर्नु वैज्ञानिक आधार नभएकाले अनावश्यक पीसीआर परीक्षण नगराउन मेडिकल कलेजहरुलाई अनुरोध गरेका हुन् । 

‘मेडिकल कलेजहरुले परीक्षामा सामेल हुने विद्यार्थीको पीसीआर परीक्षण गर्ने निर्णय गरेका छन्,’  प्रवक्ता गौतमले भने, ‘यसलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन। त्यसैले यो निर्णय कार्यान्वयन निर्णय कार्यान्वयन नगराई, पीसीआर बिना नै परीक्षा लिन अनुरोध गर्दछु।’ 

राष्ट्रिय परीक्षण मापदण्ड अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु, लक्षण देखिएका र  फ्रन्टलाइनर तथा आइसियुमा भर्ना भएका व्यक्तिलाई परीक्षणको दायरा तोकेको छ। उक्त दायराभन्दा बाहिर परीक्षण गर्नु अवैधानिक भएको भन्दै त्यसो नगर्न मन्त्रालयले आग्रह गरेको हो। 

प्रकाशित: Sep 27, 2020| 12:09 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।