शनिबार, भदौ १३, २०८३

अब पीसीआर रिपोर्ट प्रयोगशालाबाटै वितरण

कोरोना भाइरसको पीसीआर रिपोर्ट प्रयोगशालाबाटै पाइने भएको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– कोरोना भाइरसको पीसीआर रिपोर्ट प्रयोगशालाबाटै पाइने भएको छ। रिपोर्ट पोजेटिभ वा नेगेटिभ जुनसुकै आए पनि प्रयोगशालाले सम्बन्धित व्यक्तिलाई दिने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो। 

जुन प्रयोगशाला वा अस्पतालमा पीसीआर परीक्षण गरिएको हो सोही संस्थाले सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिनुपर्ने व्यवस्था गरिएकाे  मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। 

यसअघि प्रयोगशालाले रिपोर्ट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) लाई पठाउँदै आएका थिए।  ईडीसीडीले नै फोन गरी सम्बन्धित व्यक्तिलाई  रिपोर्टबारे जानकारी गराउँथ्यो।

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबार बसेको बैठकले पीसीआर गरेको संस्थाहरुले नै सीधै रिपोर्ट संक्रमितलाई दिन लगाउने निर्णय गरेको हाे। लक्षण नभएका संक्रमित होम आइसोलसनमा बस्नुपर्ने व्यवस्था गरिएकाले यस्तो निर्णय गरेको गाैतमले बताए।

प्रकाशित: Sep 27, 2020| 11:22 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।