शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारका २ कर्मचारीसहित गण्डकी प्रदेशमा ३३ संक्रमित थपिए

अख्तियारका २ कर्मचारीसहित गण्डकी प्रदेशमा ३३ संक्रमित थपिए

पोखरास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत दुई कर्मचारीसहित कास्कीमा ३ जनामा कोरोना पुष्टि भएको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

पोखरा- पोखरास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत दुई कर्मचारीसहित कास्कीमा ३ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै नवलपरासी पूर्वको देवचुली नगरपालिकाको एउटा वडाका वडा सचिवसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज (आइतबार) सार्वजनिक गरेको विवरणअनुसार पर्वतमा कार्यरत दुई सैनिकमा पनि कोरोना पुष्टि भएको छ। 

यी सहित आइतबार गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैकाे क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षण गरिएकाे हाे।

संक्रमण पुष्टि हुनेमा तनहुँका ६ र लमजुङका ५ पनि छन्।

आज थपिएका ३३ सहित प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार ७७७ पुगेको छ।

प्रकाशित: Sep 27, 2020| 11:15 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।