शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई पूर्वप्रधानन्यायाधीशसहित ३३ नागरिक अगुवाले गरे डा. केसीको जीवनरक्षाको अपिल

दुई पूर्वप्रधानन्यायाधीशसहित ३३ नागरिक अगुवाले गरे डा. केसीको जीवनरक्षाको अपिल

दुई पूर्वप्रधानन्यायाधीश नागरिक समाजका ३३ अगुवाले डा. गोविन्द केसीको जीवनरक्षाका लागि अपिल गरेका छन्। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– दुई पूर्वप्रधानन्यायाधीश नागरिक समाजका ३३ अगुवाले डा. गोविन्द केसीको जीवनरक्षाका लागि अपिल गरेका छन्। 

पूर्वप्रधान्यायाधीशद्वय कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले डा. केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उनको जीवन रक्षा गर्न र उनले उठाएका माग पूरा गर्न सरकारसँग अपिल गरेका छन्। 

उनीहरूको संयुक्त अपिलमा उल्लेख छ, ‘संविधानले नै निर्दिष्ट गरेका स्वास्थ्य, शिक्षा जस्तो नागरिकका आधारभूत मानव अधिकारको विषय लागू गर्न एक जना वरिष्ठ चिकित्सक बारम्बार आमरण अनशनमा बस्नुपर्ने अवस्था दुःखद हो।’ 

उनीहरूले डा. केसीसँग विगतमा पटकपटक गरेका सम्झौता कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।   

 

प्रकाशित: Sep 27, 2020| 10:47 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।