शनिबार, भदौ १३, २०८३

आज १,५७३ जनामा कोरोना पुष्टि, ८८५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुने व्यक्तिको कुल संख्या ७३ हजार ३९४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८ हजार ३२१ जना संस्थागत आइसोलेसनमा र १० हजार ६९८ जना होम आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा १० हजार १२३ पीसीआर जनाको पीसीआर परीक्षण गरिएको छ।

हालसम्म ९ लाख ८८ हजार ३२७ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

हाल विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ६ हजार २८१ जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा ८८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४७७ पुगेको छ।

प्रकाशित: Sep 27, 2020| 10:40 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।