काठमाडौं– मुगु, हुम्ला, डोल्पा र सोलुखुम्बु जानको लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ।
यी जिल्लाहरूमा सक्रिय संक्रमितको संख्या नभएकोले अन्यत्रबाट जानेको लागि पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बनाइएको हो।
सडक र हवाई दुवै मार्गबाट यी जिल्ला प्रवेश गर्नेले पीसीआर निगेटिभ भएको विवरण पेश गर्नुपर्ने स्थानीय प्रशासनले बताएका छन्।
पीसीआर रिपोर्ट भने जिल्ला प्रवेश गर्नुभन्दा ७२ घण्टाअघिको हुनुपर्ने छ।