बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोषको बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक नियुक्त

नागरिक लगानी कोषको बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक नियुक्त

 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडाैं- नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ मा एन आई सी एशिया बैंक एक्सक्लुसिभ बैंकिङ पार्टनरको रुपमा नियुक्त भएको छ।

यस सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरे।

सम्पूर्ण नेपालीहरूलाई एउटा नवीन तथा सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै नागरिक लगानी कोषले यस उत्कृष्ट ‘नागरिक पेन्सन योजना’ सर्वसाधरण नेपालीको हितमा ल्याएको छ। देशको अग्रणी सार्वजनिक वित्तीय संस्था नागरिक लगानी कोषसँग हातेमालो गरी पेन्सन योजनाको एक्सक्लुसिभ बैंकिङ पार्टनर हुन पाउन बैंकले आफूलाई गौरवान्वित ठानेको जनाएको छ। यस ऐतिहासिक साझेदारी तथा योजनाले नेपालको आर्थिक रुपान्तरण र आम सर्वसाधरण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ।

यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्नेछन्।

‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्नेछन्। यस योजनाका सहभागीहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ।

प्रकाशित: Sep 27, 2020| 07:14 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्