बिहीबार, भदौ २५, २०८३

सुनको मूल्य ६०० घट्यो 

सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ९३ हजार ३०० कायम भएको छ। शुक्रबार ९३ हजार ९०० मा कारोबार भएको थियो। 

तेजाबी सुनको मूल्य पनि ६०० रुपैयाँले कमी आएको छ। शुक्रबार ९३ हजार ४०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९२ हजार ८०० तोकिएको छ। 

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर एक हजार १५० मा कारोबार भइरहेको छ। 
 

प्रकाशित: Sep 27, 2020| 05:31 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्