काठमाडौँ- सत्तारुढ नेकपाका अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेसँगै पार्टीका अर्का अध्यक्ष दाहालसँग भेटवार्ता गरेका हुन् । स्रोतका अनुसार बालुवाटारमा जारी भेटवार्तामा मन्त्री हेरफेरका विषयमा दुई अध्यक्षबीच छलफल भइराखेको छ ।
कस्ता मन्त्री हटाउने र कस्तालाई नियुक्त गर्ने भन्ने टुंगो लगाउन दुई अध्यक्ष बिहीबारदेखि लगातार छलफलमा जुटेका छन् । आजको बैठकबाट अन्तिम टुंगो लगाउने दुई अध्यक्षको तयारी छ ।
प्रधानमन्त्री ओलीले आजै मध्यान्ह मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।
स्थायी समिति र सचिवालय बैठकले मन्त्री फेर्ने विषयमा निर्णय गरेको थियो । महासचिव विष्णु पौडेल नेतृत्वको विवाद समाधान गर्न गठित कार्यदलले पनि मन्त्री फेर्न सुझाव दिएको थियो । ।