काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पछिल्लो १० दिनमा ८८ जनाको मृत्यु भएको छ ।
असोज १ देखि १० गतेसम्ममा ८८ जनाको मृत्यु हुँदा १३ हजार ४ सय ९४ जना संक्रमित थपिएका छन् । नेपालमा औसतमा कोरोनाबाट दैनिक ११ जनाको मृत्यु हुने गरेको छ भने १ हजार ३ सय नयाँ संक्रमित थपिने गरेका छन् ।
नेपालमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित असोज २ गते थपिएका थिए । उक्त दिन २ हजार २० जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो ।
नेपालमा अहिलेसम्म एकै दिनमा १७ जनासम्म संक्रमितको मृत्यु भएको छ । असोज ८ गते यति धेरै संख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो ।
नेपालमा हालसम्म कोरोनाबाट ७१ हजार ८ सय २१ जना संक्रमित भएका छन् भने ४ सय ७६ जनाको मृत्यु भएको छ । ५३ हजार १३ जना कोरोना जितेर घर फर्किएका छन् ।
पछिल्लो १० दिनमा कहिले कतिको मृत्यु, कति संक्रमित ?
| गते | मृतक | संक्रमित |
| असाेज १ | ४ | १२४६ |
| असाेज २ | ७ | २०२० |
| असाेज ३ | ११ | १२०४ |
| असाेज ४ | १० | १३२५ |
| असाेज ५ | १६ | ११५४ |
| असाेज ६ | २ | १३५६ |
| असाेज ७ | ७ | ११७२ |
| असाेज ८ | १७ | १४९७ |
| असाेज ९ | ६ | १३१३ |
| असाेज १० | ८ | १२०७ |