शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एम्बुलेन्सबाट झार्दाझार्दै कोरोना संक्रमितको मृत्यु

एम्बुलेन्सबाट झार्दाझार्दै कोरोना संक्रमितको मृत्यु

झापाका एक कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

विराटगनर–झापाका एक कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ। 

थप उपचारका लागि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर ल्याइएका कनकाई ९ का ४७ बर्षीय पुरुषको शनिबार राती पौने ११ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। 

उपचारका लागि आइसोलेसनमा लैजानका लागि एम्बुलेन्सबाट झार्दाझार्दै संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।  

बस्नेतका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएपछि उनलाई झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । 

शरीर कमजोर हुने, ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि पिसिआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । 

झापामा उपचार भइरहँदा अवस्था थप गम्भीर बन्दै गएपछि शनिबार राति थप उपचारका लागि विराटनगर ल्याइएको बस्नेतले बताए।  तर उपचारका लागि आइसोलेसनतर्फ लैजान उनलाई  एम्बुलेन्सबाट झार्दाझार्दै संक्रमितको मृत्यु भएको चिकित्सकलाई उधृत गर्दै बस्नेतले बताए।  

उपचारका लागि ल्याउन ढिला भएका कारण संक्रमित पुरुषलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ। शवको व्यवस्थापन नियम अनुसार हुने अस्पतालले जनाएको छ।  

 

प्रकाशित: Sep 27, 2020| 03:35 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।