शनिबार, भदौ १३, २०८३

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने गरि बैठक डाकिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल समयलाई जानकारी दिए ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओलीले आजै (आइतबार) लाई डाकेका हुन् ।

मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने गरि बैठक डाकिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल समयलाई जानकारी दिए ।

भोलि सोमबार नियमित बैठक बस्ने समय हुँदा हुँदै एक दिनअघि आजै प्रधानमन्त्रीले आकस्मिक बैठक डाकेका हुन् ।  प्रधानमन्त्रीले केही अपरझट परेर नै बैठक डाकेको हुनसक्ने मन्त्रीहरुले बताएका छन् । 

मन्त्री हेरफेरको विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ब्यापक छलफल भइराखेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिएको हो । 

प्रकाशित: Sep 27, 2020| 02:29 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।