काठमाडौं- मुलुकभरको मौसममा आज (आइतबार) सामान्यदेखि आंशिक बदली रही केही स्थानमा वर्षा हुने भएको छ ।
प्रदेश नम्बर १ मा पूर्णतया बदली हुने र बाँकी प्रदेशमा सामान्य बदली हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम वुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार प्रदेश नं १ बाहेक प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भोलि (सोमबार) प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
प्रदेश नं १ का एक/ दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।
पर्सि (मंगलबार) प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अबको केहि दिनमा मनसुन बाहिरिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरुले बताएका छन् । सामान्यतया मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गर्छ । आज सेप्टेम्बर २७ हो ।