धनगढी- सुदूरपश्चिम प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका ५४ जना कैलालीका हुन्। शनिबार प्रदेशका चार वटा प्रयोगशालामा ४४१ जनाको कोरोना परीक्षण गरिएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २९८ जनाको परीक्षणमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कञ्चनपुका १३ र अछामका एक जनामा संक्रमण पुष्टि भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिकाका ३७ जना छन्।
सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ११ जना, वडा नम्बर २ का ६ जना, वडा नम्बर ३ का चार जना र वडा नम्बर ४ का तीन जना, वडा नम्बर ५ का एक जना, वडा नम्बर ६ का तीन जना, वडा नम्बर ७ का एक जना, वडा नम्बर ८ का पाँच जना र वडा नखुलेका तीन जनामा संक्रमण पुष्टि भएको छ।
गोदावरी नगरपालिकाका ६ जना, भजनी नगरपालिका वडा नम्वर ४ का चार जना, बर्दगोरिया गाउँपालिकाका पाँच जना र घोडाघोडी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।
कञ्चनपुरको महाकाली नगरपालिकाका दुई जना, भीमदत्त नगरपालिकाका तीन जना, शुक्लाफाँटा नगरपालिकाका एक जना, बेलौरी नगरपालिकाका चार जना, बेल्डाँडी गाउँपालिकाका तीन जना, मंगलसेन अछामका एक जनामा संक्रमण पुष्टि उनले बताए।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा १२५ जनाको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठका अनुसार परीक्षणमा डोटीका १५ र अछामका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु डोटीको सायल गाउँपालिका र अछामको मंगलसेन नगरपालिकाका रहेको श्रेष्ठले बताए।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा चार जनाको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा १४ जनाको परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।