शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा संक्रमण दर तीव्र, १० दिनमा ७,०३८ जना थपिए, कुन दिन कति?

उपत्यकामा संक्रमण दर तीव्र, १० दिनमा ७,०३८ जना थपिए, कुन दिन कति?

असोज १ गतेदेखि शनिबारसम्म देशभर १३ हजार ४९४ संक्रमित थपिएकामा उपत्यकाका तीन जिल्लाका मात्र आधाभन्दा बढी अर्थात् सात हजार ३८ जना छन्।
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा बढेको छ।

असोज १ गतेदेखि शनिबारसम्म देशभर १३ हजार ४९४ संक्रमित थपिएकामा उपत्यकाका तीन जिल्लाका मात्र आधाभन्दा बढी अर्थात् सात हजार ३८ जना छन्।

उपत्यकाका तीन जिल्लामा दैनिक सरदर ७०० भन्दा बढीमा कोरोना भाइरस संक्रमण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। 

शनिबार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना गरी उपत्यकामा ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। आज देशभर एक हजार २०७ जनामा संक्रमण भएको छ।

असोज ९ गते काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना गरी ६४५ मा कोरोना संक्रमण भएको थियो । देशभरमा एक हजार ३१३ जनामा संक्रमण भएको थियो।

८ गते काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना गरी ७५५ जनामा संक्रमण भएको थियो। त्यस दिन देशभर एक हजार ४९७ संक्रमित थपिएका थिए।

७ गते काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना गरी ६३७ जना संक्रमित थपिँदा देशभर एक हजार १७२ जना संक्रमित थपिएका थिए।

६ गते काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना गरी ६४७ संक्रमित थपिएका थिए। देशभरमा एक हजार ३५६ संक्रमित थपिएका थिए।

५ गते देशभरमा एक हजार १५४ जना संक्रमित थपिएकामा काठमाडौंमा ५३८, ललितपुरमा ६३ र भक्तपुरमा ७४ गरी उपत्यकामा ६७५ जनामा कोरोना संक्रमण भएको थियो। 

४ गते काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी ७६७ जना कोरोना भाइरस संक्रमित थपिएका थिए। त्यस दिन देशभरमा एक हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण भएको थियाे। 

३ गते देशभर एक हजार २०४ जनामा कोरोना संक्रमण भएकामा काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी उपत्यकामा ७११ जना  संक्रमित थपिएका थिए।  

२ गते काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना गरी उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको थियो। त्यस दिन देशभर थपिने संक्रमितको संख्या दुई हजार २० थियो।

असोज १ गते काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी ६१८ जनामा संक्रमण हुँदा देशभर एक हजार २४६ जना संक्रमित थपिएका थिए।

देशभरमा आजसम्म कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ। 

यसमध्ये काठमाडौंमा १६ हजार ८५०, ललितपुरमा एक हजार ९९५ र भक्तपुरमा एक हजार ८५३ गरी उपत्यकामा २० हजार ६९८ जना छन्।

नेपालमा कोरोना संक्रमणबाट ४६७ जनाको मृत्यु भएको छ। 

प्रकाशित: Sep 26, 2020| 11:07 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।