काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याे सहित नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ७१ हजार ८२१ पुगेकाे छ।
आज देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित रहेका छन्।
जसमध्ये ७८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १० हजार ५०८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ। नेपालमा कुल ९ लाख ७८ हजार २०४ जनाकाे पीसीआर परीक्षण गरिएकाे छ।
हाल देशभरका विभिन्न क्वारेन्टिनमा ६ हजार ३३१ जना रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ११ सय ४७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ छ।
पछिल्लाे २४ घण्टामा ८ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ। नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४६७ पुगेकाे छ।