विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०६ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शनिबार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन्। मोरङको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला र १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनवर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
यस्तै सुनसरीको धरानमा ३ महिला, ८ पुरुष, इटहरीमा ४ महिला, ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहवीमा १ पुरुष, झापाको विर्तामोडमा १ महिला, २ पुरुष, भद्रपुरमा १ महिला, १ पुरुष, कचनकवल र कनकाईमा १–१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
याे सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २५५ पुगेको छ।
प्रदेश १ मा शनिबार ११९ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आइसोलेसन, ताप्लेजुङ, बैजनाथपुर आइसोलेसन, विराटनगर र कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १–१ जना डिस्चार्ज भएका हुन्।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८८ पुगेको छ।
प्रदेश १ मा शनिबार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख २० हजार २३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।