काठमाडौं- कोरोना संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ। काठमाडौंको छाउनस्थित वीरेन्द्र अस्पतालमा उपचाररत सैनिक जवानको आज (शनिबार) मृत्यु भएको हो।
बझाङ घर भएका सैनिक जवान उपत्कामै कार्यरत थिए।
उनलाई असोज ६ गते स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा भर्ना गरिएको थियो। ८ गते कोरोना पुष्टि भएका उनको आइसोलेसनमा उपचार भइरहेको थियो।
उपचारकै क्रममा आज मृत्यु भएको स्रोतले जनाएको छ। यसअघि पनि एक सैनिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
पछिल्लो केही दिनयता ठूलो संख्यामा सैनिक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ