शनिबार, भदौ १३, २०८३

बडापत्र

तिम्रो परम्परादेखि पुजिएका शास्त्रले तिमीलाई  बन्धक बनाएर कर्तव्यको दाम्लोमा पगाहा लगाइरह्यो।
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

- भारती न्यौपाने

जिजीविषाको पिलपिले दियो बालेर 
यतिका वर्षसम्म बाँचिरह्यौ आमा!
अझै चन्द्र र सूर्यको अस्तित्व रहुन्जेल
तिमी बाँचिरहनुपर्छ।
सायद, 
तिम्रो इतिहास फेरिन्छ कि कतै बडापत्रमा?
शताब्दी बितिसक्यो, 
सन्ततिहरू फैलिरहेछन्,
तिम्रो परम्परादेखि पुजिएका शास्त्रले तिमीलाई 
बन्धक बनाएर कर्तव्यको दाम्लोमा पगाहा लगाइरह्यो।
चुपचाप तिमी भौँतारिरह्यौ दाम्लोको लम्बाइभित्र।
एक पटक दाम्लो खोलेर विश्वासमा तिमी चिच्याऊ आमा!
तिम्रो आवाज लिपि बनेर उभिन्छ कि कतै सन्तानका अगाडि!
हिमालमा फर्फराइरहेको झन्डा हेर्दा
यस्तो लाग्छ,
तिमी मुस्कुराउने दिन नजिकिँदै छ आमा,
सायद, 
गणतन्त्रअगाडि ठिङ्ग उभिएको 
बडापत्रमा अङ्कित 
’सार्वभौमसत्तासम्पन्न नेपाल’ 
तिम्रो प्रतिबिम्बि हुनेछ। 
तिमी मुस्कुराउने छ्यौ, 
हामीलाई अँगालेर।
तर यी सबै काल्पनिक सावित हुँदै छन् आमा।
तिमी अस्तित्वको खोजीमा 
सातौं पटक बडापत्र चुम्नलाई पुग्यौ,
साक्षी राखेर आफ्नै सन्तानलाई।
खुसीका धुनसँगै दीपको रोसनी जगमगाउँदा
हामी नाचेका थियौं 
आमासँगसँगै आँगनी र बार्दलीमा।
तर अपशोच, 
आमाकै कसम खाएर, 
छातीमाथि टेकेर 
दलालीमा तिमीलाई लिलाम गर्ने
सन्तान के तिमीले जन्मायौ?
संसारमा कुपुत्र जन्मिएला तर कुमाता हुँदैन।
नरोऊ है आमा! 
यही बडापत्रमा लेखिएका हरेक शब्दले 
तिमीलाई सम्मान गर्नेछ।
अब,
झरिसकेका तिम्रा आँसु बटुलेर
सुपात्रहरू उभियून् र बजाउःन् धुन एकै स्वरमा 
‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।’
जसले तिम्रो अस्मितालाई युगयुगसम्म बचाउन 
लेखोस् बडापत्रमा जय संविधान!

प्रकाशित: Sep 26, 2020| 02:23 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।