काठमाडौं– विश्व महामारीका रुपमा फैलिएको कारोना संक्रमणको असहज परिस्थितिका कारण विदेशमा अप्ठेरोमा परेका ७६ हजार नौ सय ६७ नेपाली स्वदेश फर्किएका छन।
कोरोना संकट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहीवारसम्म जहाजमार्फत ३२ मुलुकबाट सो सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन्।
मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार दुई १४ छन् भने सबभन्दा कम श्रीलंकबाट पाँच जना छन्। उनीहरू अधिकांश रोजगारीका लागि गएका हुन।
केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार तीन सय ६, कुवेतबाट आठ हजार तीन सय ३५, मलेसियाबाट ११ हजार तीन सय ५२, साउदी अरेबियाबाट ११ हजार आठ सय १९, दक्षिण कोरियाबाट १ हजार चार सय ४७, बहराइनबाट १ हजार दुई सय ७४, ओमनबाट १ हजार एक सय ५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट नौ सय ३६ छन्।
स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार पाँच सय ४६, प्रदेश नं २ का ११ हजार नौ सय नौ, वाग्मती प्रदेशका १८ हजार दुई सय ४७, गण्डकी प्रदेशका आठ हजार नौ सय ७३, प्रदेश नं ५ का ११ हजार चार सय ५०, कर्णाली प्रदेशका १ हजार पाँच सय १८ र सुदूरपश्चिम प्रदेशका १ हजार सात सय ३७ रहेको केन्द्रले जनाएको छ।
फर्कने मध्ये आठ हजार चार सय ९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ।