शनिबार, भदौ १३, २०८३

पर्सा, बारा र रौतहटमा थप ३१ जनालाई कोरोना संक्रमण 

पर्सा, बारा र रौतहटमा थप ३१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

पर्सा– पर्सा, बारा र रौतहटमा थप ३१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षण अनुसार पर्सामा २७ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमित हुनेमा ८ वर्षका बालबालिका देखि ७४ वर्षका वृद्धसम्म छनर।

अस्पतालका सूचना अधिकारी तथा चिकित्सक डा अतुलेश चौरसियाका अनुसार १० महिलासहित २७ जनामा कोरोना संक्रमण देखिएको हो।

उनका अनुसार एक सय ६६ जनाको पिसिआर परीक्षण गरिएकामा कालिकामाई गाउँपालिका वडा नम्बर १ मा ११ जना, वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ४ मा तीन जना, वडा नम्बर २ मा एक जना, वडा नम्बर १० मा एक जना, वडा नम्बर १४ मा दुई जना, वडा नम्बर २५ मा एक जना र वडा नम्बर २७ मा एक जना गरी महानगरमा नौ जना कोरोना संक्रमण देखिएको हो। 

यसैगरी पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मा एक जना र सखुवा प्रसौनि गाउँपालिका वडा नम्बर २ मा एक जना संक्रमित थपिएका हुन् ।

पर्सासंगै नारायणी अस्पतालको पिसिआर ल्याबले गरेको परीक्षणमा बारामा तीन जना र रौतहटका एक जनामा समेत संक्रमण पुष्टि भएको छ। 

प्रकाशित: Sep 26, 2020| 01:01 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।