शनिबार, भदौ १३, २०८३

कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोनाबाट कुल संक्रमित हुनेको कुल संख्या ७० हजार ६१४ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २३७ र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हालसम्म नेपालमा ९ लाख ६८ हजार १८५ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज देशभर ६ हजार ४६४ जना क्वारेन्टिनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ४५५ छ। योसहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८६६ रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।
योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४५९ पुगेको छ।

प्रकाशित: Sep 25, 2020| 10:40 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।