शनिबार, भदौ १३, २०८३

सई ध्रुव रावल मृत फेला

दार्चुलामा प्रहरी नायब निरीक्षक (सई) ध्रुव रावल मृत फेला परेका छन्।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

धनगढी- दार्चुलामा प्रहरी नायब निरीक्षक (सई) ध्रुव रावल मृत फेला परेका छन्।

शुक्रबार बिहान ४ बजे होटलको शौचालयमा लडेको अवस्थामा भेटिएका रावल जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

दार्चुला सदरमुकाम खलंगाको बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा रावल भेटिएका थिए। 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टले बताए। घटनाबारे होटल सञ्चालकले खबर गरेपछि प्रहरीको टोलीले अस्पताल लगेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

दल्लेख प्रहरी चौकीबाट रावल इलाका प्रहरी कार्यालय हुती सरुवा भएका थिए। अछाम घर भएका मृतक रावलका दुई छोरा र श्रीमती धनगढी बस्दै आएको बिष्टले बताए।

प्रकाशित: Sep 25, 2020| 08:01 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।