आइतबार, भदौ १४, २०८३

दुई महिनामा ५३ अर्बले घट्यो व्यापार घाटा 

गत आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ रहेकाेमा चालु आर्थिक वर्षको २ महिनामा ५३ अर्बले घटेर १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ पुगेको हो । 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं- चालु आर्थिक वर्षको दुई महिनामा देशको व्यापार घाटा २४.९३ प्रतिशतले घटेको छ। 

गत आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ रहेकाेमा चालु आर्थिक वर्षको २ महिनामा ५३ अर्बले घटेर १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ पुगेको हो। 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातमा आएको गिरावट र निर्यातमा भएको वृद्धिका कारण व्यापार घाटा कम भएको हो । 

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात २२.०७ प्रतिशतले घटेर एक खर्ब ७८ अर्व रुपैयाँ भएको छ । गत आर्थिक बर्षको पहिलो दुई महिनामा आयात २ र्ख २९ अर्ब रुपैयाँ भएको थियो । 

चालु आर्थिक वर्षको सुरुदेखि नै कोरोनाका कारण अत्यावश्यक बाहेक विलासीताका वस्तुहरुको आयातमा कमी आएका कारण आयात घटेको भन्सार विभागले जनाएको छ । 

यस अवधिमा निर्यात भने १०.४९ प्रतिशत बढेर २० अर्ब रुपैयाँ ४४ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा भने निर्यात १८ अर्ब ५० करोड रुपैयाँ मात्र भएको थियो । 

प्रकाशित: Sep 25, 2020| 06:00 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्