काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड ८ असोजबाट चौथो वर्षमा प्रवेश गरेको छ।
ज्योतिले घातक रोगसहितको सेवा दिने पहिलो नेपाली जीवन बीमा कम्पनीको रुपमा व्यवसाय प्रारम्भ गरेको हो।
ज्योति लाइफ २०७६ बैशाखदेखि ३५ घातक रोगविरुद्ध अधिकतम् ५० लाख रुपैयाँसम्मको सुविधा दिने कम्पनी बन्न सफल भएको छ।
कम्पनीले ११७ वटा शाखा सञ्जालसहित ७२ जिल्लाबाट सेवा प्रवाह गर्दै तेस्रो आर्थिक वर्षमा झन्डै दुई अर्ब कुल बीमा शुल्क संकलन गरेको छ।
आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्रमाणपत्र पाएको कम्पनीले बीमितहरूलाई बोनस वृद्धिसहित सल्भेन्सी अनुपात १.८३ कायम गरेको छ।
३.५० अर्ब कुल लगानी र २ अर्बको जीवन बीमा कोष बनाउन सफल हुँदै चौथो वर्षमा प्रवेश गरेको कम्पनीले जनाएको छ।
चौथो वर्षमा प्रवेश गरेको अवसरमा बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकलाई कम्पनीका कार्यकारी प्रमुख प्रकाशबिक्रम खत्रीले आभार व्यक्त गरेका छन्।