सप्तरी– सप्तरीको सप्तकोसी नगरपालिकाले ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ।
नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा बुधबार सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गरेको ०७७–७८ को वार्षिक बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको हो।
नगरसभाको उद्घाटनमा प्रदेश नं २ का प्रदेश सभासदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताए।
कार्यक्रममा जेष्ठ नागरिक मुरारी कार्कीले जनप्रतिनिधीबाट पारित योजना अक्षरस पालना हुनुपर्ने बताए।
नेपाल किसान संघका केन्द्रीय सदस्य पुष्प बस्नेतले स्थानीय स्तरमा सञ्चालन भएका उद्योग सञ्चालनमा टेवा पु¥याउन र किसानको समस्यालाई सम्बोधन गर्न वरिपरी भएका जडिबुटी संकलन गरी आयआर्जनलाई अगाडी बढाउन नगरपालिकालाई सुझाव दिए।
रासस